२०७९ माघ १६ गते सोमवार

तुलसीपुर वडा नम्बर ३ राणागाउँका ३१ वर्षिय ऋषि परियारलाई सम्मान



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राणागाउँका ३१ वर्षिय ऋषि परियारलाई सम्मान गरिएको छ
उहाँलाई नगद,प्रमाणपत्र सहित सम्मान गरिएको हो । नगरप्रमुख टीकाराम खड्काले सम्मान गर्नुभएको हो । सम्मान गर्दै नगरप्रमुख खड्काले परियारको प्रतिभाले तुलसीपुरलाई विश्वसामु परिचय दिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । परियारले २०७८ साल माघ १५ गतेदेखि मेची पुलबाट उल्टो पदयात्रा सुरु गर्नुभएको थियो । उहाँले ६५ दिनमा एघार सय १४ किलोमिटर उल्टो पदयात्रा सम्पन्न गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिका–३ राणागाउँका ऋषिका ५७ बर्षीया बुवा खड्गवीर ५० बर्षीया आमा सुन्तली परियारले गाउँघरका कपडा सिलाएर गृहस्थी चलाउदै आउनुभएको छ ।
परिवारका जेठा सन्तान ऋषिभन्दा पछाडि थप चार बहिनी हुनुहुन्छ । दुई जनाको विहे भए पनि अन्य दुई जना भने घरमै छन् । जस्तोसुकै भए पनि ऋषिले अभ्यास गर्न कहिलै छोड्नुभएन जसका कारण उहाँलाई सफलता मिल्दै आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विकले ऋषिले सानै उमेरदेखि सडकमा बिहानै देखि हातले टेकेर उल्टो हिड्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो –ऋषिले तुलसीपुरलाई विश्वसामु चिनाउनुभएको छ,उहाँको प्रतिभालाई सधै सम्मान गर्छौ ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार