
महोत्सव स्थलमा रक्तदान
तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । तुलसीपुरमा रहेको ब्लड बैंकमा रगतको अभाव रहेको भन्ने जानकारी पाएपछि आफुहरुले मेला स्थलमै रक्तदान कार्यक्रमको आयोजना गरेको युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । मध्यान्न १२ बजेसम्म भएको रक्तदान कार्यक्रममा १८ जना युवाहरुले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको व्यवस्थापन कालिका रक्त सञ्चार केन्द तुलसीपुरले गरेको थियो । कार्यक्रममा बोल्दै समाजसेवी जनक प्रसाद खरालले युवाहरुले आयोजना गरेको महोत्सव स्थलमा रक्तदान गरेको भन्दै प्रशंसा गरे ।रक्तदान गर्नेमा घनश्याम हलुवाइ, शुशिल बिक, विरु बिक, निर्मल टमाटा, सुदन वली, अरुण लहरे, भानुप्रकाश कशौधन, एचआर मगर, दीपक बर्मा, अभिशेक कार्की, राम बहादुर योगी, रुपेश शर्मा, शान्ताराम शेनचुरी, झग्गु भण्डारी, डिल्लीराज भण्डारी, अंकित खनाल, गगन मगर र पवन कुमार अग्रवालले रक्तदान गरेका थिए ।