२०८२ बैशाख ७ गते सोमवार

गुरु जजुर मा.वि रक्षाचौर दाङको शैक्षिक अबलोकन भ्रमण २०७९ सम्पन्न



के.बि वली
मंसिर २७
श्री गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौर दाङले शैक्षिक अबलोकन भ्रमण २०७९ सफलता पुर्वक संपन्न गरेको छ । विभिन्न संकायमा अध्यनरत विद्यार्थी हरुलाई शैक्षिक अबलोकन भ्रमण को लागि एक हप्ताको समय छुटाएको थियोे सोही समय अनुसार विभिन्न संकायका विद्यार्थी हरु शैक्षिक अबलोकन भ्रमण २०७९ सफल पार्न विभिन्न ठाउँ जाने क्रम चलिरहेको थियो ।
यही शैक्षिक अवलोकन भ्रमण अनुसार डिप्लोमा तह कृषि बालिविज्ञान पहिलो ,दोस्रो र तेस्रो बर्षमा अध्यनरत छात्र छात्राहरु आदरणीय गुरुआमा लक्ष्मी अधिकारी र आदरणीय गुरु राजिब रेग्मीको नेतृत्वमा शुक्रबार साझ जिल्ला बाहिरका निस्किएको थियो । यहीँ क्रममा मंसिर २४ गते उक्त टिमले गोर्खा जिल्लामा अबस्थित मनकामना मन्दिर पुगि दर्शन तथा अबलोकन गरेका थिए भने मंसिर २५ गते तनहु जिल्लामा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम अबलोकन गरेको थियोे । मंसिर २६ गते कास्कीको पोखरामा रहेको फेवाताल , गुप्तेश्वर गुफा र लुम्लेमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् , कृषि अनुसन्धान निर्देशनालय अबलोकन गरेको र मंसिर २७ गते उक्त टिमले लुम्बिनीका विभिन्न क्षेत्रहरू अबलोकन गरेको उक्त टिम लिडर दिपेन्द्र वलीले बताउनु भएको हो ।
यस्तै पत्रकार के.बि वली संग कुरा गर्दै आदरणीय मेडम लक्ष्मी अधिकारीले २०७९ को शैक्षिक अबलोकन भ्रमण अन्य बर्षको तुलनामा निकै सन्दर्भ रुपले सम्पन्न भएको बताउनु भयो । अन्य बर्षको भन्दा पनि यो बर्षको शैक्षिक अबलोकन भ्रमणमा बिद्यार्थी हरुले पनि धेरै कुरा सिकेको कुरामा आफू बिस्वस्त रहेको पनि उहाको भनाइ थियोे । यस्तै उक्त टिम आज शैक्षिक अबलोकन भ्रमण २०७९ सफलता पुर्बक सम्पन्न पारी दाङ फर्किएका छन

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार