२०८० जेष्ठ २७ गते शनिवार

आज तेस्रो दिन कृषि अनुसन्धान निर्देशनालय अबलोकन गर्दै :विद्यार्थी



के.बि वली ।
मंसिर २६ कास्की । श्री गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौर दाङले शैक्षिक अबलोकन भ्रमण २०७९ को लागि एक हप्ताको समय छुटाएको छ । यही समय अनुसार विभिन्न संकायका विद्यार्थी हरु शैक्षिक भ्रमण २०७९ सफल पार्न विभिन्न ठाउँ जाने क्रम चलिरहेको छ ।

यही अवलोकन भ्रमण कार्यक्रम अनुसार डिप्लोमा तह कृषि बालिविज्ञान पहिलो ,दोस्रो र तेस्रो बर्षमा अध्यनरत छात्र छात्राहरु अहिले आदरणीय गुरुआमा लक्ष्मी अधिकारी र आदरणीय गुरु राजिब रेग्मीको नेतृत्वमा जिल्ला बाहिरका निस्किएको छ ।यहीँ क्रममा मंसिर २४ गते गोर्खा जिल्लामा अबस्थित मनकामना मन्दिर पुगि दर्शन तथा अबलोकन गरेका थिए भने मंसिर २५ अथवा हिजो तनहु जिल्लामा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम अबलोकन गरेको थियोे ।
मनोरञ्जनात्मक मात्र नभई केहि बाहिरी ज्ञानको पनि बिकास गर्नुपर्छ भने उद्देश्य लिएर शैक्षिक अवलोकन भ्रमण २०७९ मा निस्किएको उक्त टिमले आज कास्की जिल्लाको लुम्लेमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् , कृषि अनुसन्धान निर्देशनालय अबलोकन गरेको छ ।
एक नम्बरका सेक्रेटरी गाड खिमराज पौडेलले कृषि अनुसन्धान निर्देशनालायको बारेमा केहि जानकारी दिनु भएको थियोे भने दुई नबर गेट नपुग्दा सम्म बिचबिचमा देखिएका स्वयम् बोर्डको बारेमा आदरणीय सर राजिब रेग्मीले विद्यार्थीलाई जानकारी गराइरहनु भएको थियो ।
यस्तै दुई नबर गेट प्रवेश गरेपछि कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी आदरणीय सर कृष्ण भारतीको नेतृत्वमा सम्पुर्ण विद्यार्थीले उक्त कृषि अनुसन्धान निर्देशनालायको अबलोकन गरेका थिए ।
भारतीले अबलोकन मात्र नगराई उक्त ठाउँमा रहेका हरेक कृषि क्षेत्रको बारेमा विद्यार्थीहरुलाई जानकारी पनि दिनु भएको थियो
यस्तै पत्रकार के.बि वली संघ कुरा गर्दै भारतीले बि.स २२४ सालमा बेलायत सरकारले स्थापना गरेको उक्त संस्था 31 बर्ष बेलायत सरकारले संचालन गरि बि.स २०५५ मा नेपाल सरकार लाई हस्तान्तरण गरेको र अहिले नेपाल सरकारले चलाइरहेको बताउनु भयो । र अहिले दिन प्रति दिन कृषि सम्बन्धिका विद्यार्थी , विभिन्न संघसंस्था , महिला समुहहरु बढि मात्रामा अबलोकनका लागि आइरहेको पनि बताउनु भएको हो।
यस्तै पत्रकार वली संग कुरा गर्दै आदरणीय सर राजिब रेग्मीले बिशेषगरि यो चाहिँ ट्रपिकल सवट्रपिकल बिरुवाको लागि प्रसिद्ध रहेछ। यहाँ चाहिँ बीउ कसरी उत्पादन गर्ने , तरकारीहरु कसरी लगाउने किसानलाई कसरी लगाउने भनेर सिकाउने कुरा पाइयो। जे होस राम्रो रहेछ दृश्य पनि राम्रो र बिद्यार्थीले पनि धेरै कुरा सिकेको कुरामा म बिस्वस्त छु।
यस्तै उक्त अबलोकन भ्रमणमा विद्यार्थी लगेर जानुभएको आदरणीय गुरुआमा लक्ष्मी अधिकारीले पनि उक्त क्षेत्रमा अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा विभिन्न किसिमका मध्य पहाडी भेगमा पाइने अन्न बाली, सजावटका लागी विभिन्न किसिमका फूल हरु , पहाडी क्षेत्रमा पाइने फल हरु , धानका विभिन्न प्रकार हरु तोरी डाले घास हरु लगायत त्यहा भएको तीन पाते चियाको भोट हरु प्रशस्त मात्रामा उत्पादन भैरहेको बताउनु रहेको र अन्य क्षेत्रमा भन्दा यस् क्षेत्रमा धेरै राम्रो व्यवस्थापन पनि पाएको बताउनु भएको छ

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार