
१४ कात्तिक,सल्यान/ सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ निवासी अन्दाजी २० वर्षीय रेवन्त रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुएको छ । विवाह गर्ने प्रलोभन देखाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा उनलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाइ भागेका बुढालाई सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्ज उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जानकाकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार