
तुलसीपुर, १३
कार्तिक । तुलसीपुरको भिमसेन मेट्रो हस्पिटललाई मेगा बैंकले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डेको पहलमा अप्रेसन थिएटर खरिदका लागि मेगा बैंकले आर्थिक रकम सहयोग गरेको हो ।
तुलसीपुर उपमहानगरको नेतृत्वमा रहँदा पाण्डेले कोभिडका बिरामीको उपचारका लागि तुलसीपुर उपमहानगरपालिका –८ अश्वारामा भिमसेन मेट्रो अस्पताल स्थापना गर्नुभएको थियो । बैंकलेले उपलब्ध गराएको आर्थिक रकमले अप्रेसन थिएटर खरिद गरेर माइनर अप्रेसन, प्रसूति लगायतका थप सेवा विस्तार गर्ने तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिनुभयो ।
पाण्डे नेतृत्वमा हुँदा देखि नै विभिभन्न संस्थासंग आर्थिक सहयाेगका लागि समन्वय गर्दै आउनु भएकाे थियाे । अस्पतालमा आावश्यक पर्ने अप्रेसन थिएटरका लागि पाण्डेले करिब ७ महिना अघिदेखी संवाद गर्दै आउनु भएकाे थियाे । प्रसूति सेवा सुरु भएमा पश्चिम दाङका सयाैं मिहलारुले सहज रुपमा सेवा पाउने अपेक्षा गरिएकाे छ ।