
रोल्पा,कार्तिक १२ । रोल्पाको रुन्टिगढी गाउँपालिका ८ पानीगैरामा बस दुर्घटना हुदा ८ जना घाइते भएका छन् । रुन्टिगढी गाउँपालिकाको मेलटाकुराबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख ७३८ नं. को बस आज बिहान पौने दश बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ निवासी ४५ वर्षिय कालिराम परियार,उहाँकी ४ वर्षिय छोरी अन्जना परियार,तुलसीपुर उपमहानगरपालिका १९ का ४५ वर्षिय चुर्ण थापा,रोल्पाको रुन्टिगढी गाउँपालिका ८ का २९ वर्षिय गौसरा पुन, सोहि ठाउँ निवासी १५ वर्षिय भावना परियार,३६ वर्षिय मनकुमारी दमाई,७ वर्षिय सन्जु परियार र ६ वर्षिय गिता पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घाईतेहरुको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ बसमा १५ जना यात्रु सवार रहेका । अनियन्त्रित भएर बस दुर्घटना भएको र चालक तुलसीपुर उपमहानगरपालिका १९ का २८ वर्षिय केशव खड्का फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
