
रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र नजिक जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो । रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले प्रारम्भिक जानकारी दिएको छ । गाडिमा कति जान सवार थिए भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन । लु १ ज ३२४३ नम्वरको जिप पल्टिडा ९ जना घाइते भएका छन । सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङ चालक तथा गाडि धनी जितबहादुर विष्ट सामान्य रहेका छन । उनि अहिले प्रहरीको नियन्त्रणमा रहेको रोल्पा प्रहरीले जनाएको छ ।
घइतेहरुको प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार