
सल्यानमा अरिङगालको टोकाईबाट आमाछोरीको निधन भएको छ । अरिङ्गालको टोकाईबाट सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ हामफाल निवासी २१ वर्षको शोभा बस्नेत बुढाथोकी र उहाँको ४ वर्षिय छोरी प्राप्ती बुढाथोकीको निधन भएको हो । साँझ धान काटेर घर फर्कने क्रममा बाटोमा अरिंगालको टोकाईबाट गम्भिर बिरामी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो
छोरी प्राप्तीको भने नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा निधन भएको हो । र एक जना गम्भिर बिरामी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार