
तुलसीपुर, ३० असोज,दाङको तुलसीपुरमा एउटै खाडलमा एक प्रेम जोडी मृत फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँमा सोही ठाउँका १५ बर्षीय शरद आचार्य र रोशनी महतारा एउटै खाडलमा मृत भेटिएका हुन् । उनीहरु असोज २७ गते रातिदेखि परिवारको सम्पर्क विहीन बनेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो ।
उनीहरुबीच प्रेम सम्बन्ध रहेको स्रोतले बताएको छ । उनीहरुलाई हत्या गरेर खाडलमा गाडिएको हुन सक्ने प्रहरीले बताएको छ । खाडल खनेर गाडिएको अबस्थामा फेला परेका उनीहरुको शब गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी पुगेर उनीहरुको शव निकालेर परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीुर लैजाने तयारी गरिएको छ ।
केटीको घर तुलसीपुर १३ स्थित डाँडागाउ हो । उनका आमा वुवा कमाउन भारत गएका थिए । घरमा दुई दिदी बहिनी बस्थे । त्यो दिन राति मोवाईलमा एक जना टिप्पर चालकले फोन गरको पाईएको थियो । अहिले ति टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ