२०७९ मङ्सिर १५ गते बिहिवार

पहिलो प्रेम



रोशन क्षेत्री / माया नै सबथोक होइन भन्ने मान्छे म । माया त केवल पागलपन हो भन्थे मैले। आज आफैंलाई माया अनि मायाको पागल पनको अनुभुती हुँदै छ। किन किन यो मनमा पनि मायाको आभास हुँदै छ। अनि आकाशको बादल हावामा उडे जसरी नै यो मन पनि कता कता बताससङ्गै उड्न थालेको छ। मान्छेको भिडभाड होइन एकान्त नै प्यारो लाग्न थालेको छ।
मोबाइलको प्रबिधिले भर्खरै बजार जित्दै आएको थियो। त्यसैमा पनि सामसुङ मोबाइल नोकिया c1 मोडल भर्खरै बजारमा आएको थियो। त्यो मोबाइल मेरो होइन बुवाको थियो। मेरो पनि कसरी होस् । पढाई त भर्खरै बढाउदै थिएँ । बुबा दिनभरी ज्याला मझदुर गर्न जानुहुन्थ्यो। त्यही मौकामा मोबाइल हात पर्दथ्यो। त्यतिखेर सानै मोबाइल त कहाँ पाऊँ भन्ने हुन्थ्यो । झन् मैले टच मोबाइल पाए । खुसीको कुनै सिमा नै थिएन। म प्रफुल्ल हुन्थे।

ईन्टरनेटले विश्वबजार स्थापित गरेर संसार चकीत पार्दै थियो। फेस्बुकको जमाना पनि चलेको थियो । मैले पनि रहरै रहरमा फेस्बुक खोले।मैले खासै चलाउन जान्दैन थिएँ । बिस्तारै फेस्बुकको दुनियाँमा हराउँदै गए। फेस्बुक खोलेर फेस्बुकको दुनियाँमा हराउँदै गर्दा साथिको अनुरोध आउने र पठाउने क्रम जारि नै थियो। फेस्बुक चलाए भने खाना खान पनि बिर्सिन्थे मैले । खाना त परको कुरा कहिलेकाहीँ मम्मिको गाली चाहिँ खानु पर्थ्यो।
यसो सोच्ने गर्थे अनि आफ्नो मनले मनलाई प्रश्न गर्दै उत्तर दिदै अनोअन्तरवार्ता गर्थे। यो फेस्बुक भन्ने अचम्मको चिज कसले बनाए छ? कस्तो अचम्मको खाना होइन मम्मिको गाली खानुपर्ने । आठ कक्षा फेल भए पनि बाह्र पास लेख्न पाइने। घरमा बूढो, श्रीमती , तीन चारवटा भन्ट्याङ्भुन्टुङ भए पनि सिङ्गल लेख्न पाइने। उमेरको ६५ भए पनि १६ बर्से तरुनी झैँ फोटो राख्न पाइने। कस्तो अचम्म ।
कहिले पुर्व इलाम , झापा, ताप्लेजुङ कहिले पश्चिम डोटि , अछाम,दैलेख उत्तर मनाङ मुस्ताङ जस्ता नेपालका सबै ठाउँबाट यो प्रक्रिया चलिरहेको थियो। मैले पनि साथिको अनुरोध पठाउथे उताबाट स्विकार हुन्थ्यो । उताबाट आउँथ्यो मैले स्वीकार गर्थे। यसरी अपरिचित परिचीत साथीहरूसङ्ग कुरा हुन्थ्यो।
सधैं झैं एकाबिहान फेस्बुक चलाउदै थिएँ । साथिको अनुरोधको नोटिफिकेसन देखायो। खोलेर हेर एक अनजान केटिले साथिको अनुरोध पठाएकी रहिछन् तर मैले स्विकार नै गरिन। खै सधैं सबैको अनुरोध स्वीकार गर्ने मान्छे म । त्यस दिन के भाको थियो र स्वीकार नै गरेन। केही समयपछि म्यासेन्जरको घण्टीको आवाज आयो टिङ..टिङ
मैले कुनै साथिको म्यासेज आयो कि भनेर म्यासेन्जर अन गरे। तर त्यहा साथिको नभएर कुनै अनजान मान्छेबाट म्यासेज आएको सुचना देखियो । अ न्यू म्यासेज। मैले न्यू म्यासेज खोलेर हेरे । त्यहा उहीँ मलाई साथिको अनुरोध पठाउने एक अपरिचित साथिको थियो। मैले अनुरोध स्वीकार नगरेपछि म्यासेज आको रहेछ।
हेलो फ्रेन्ड ´ त्यस दिन म अलिक फरक मुडमा थिएँ । सधैं हतार गरि जवाफ दिने मान्छे म तर त्यस दिन कसैलाई दिएको थिएन।वास्तै नगरी म्यासेजको जावफ नै फर्काएन। फेरि केही समयपछि म्यासेन्जरको घण्टी बज्यो। म गाउमा हुर्केको हुनाले घरको काम सिकेकै थिएँ । बहिनिहरु साना थिए। म त्यो बेला आगोको राप सङ्गै धुवाँको मुस्लो उडाउदै खाना पकाउन मै व्यस्त थिएँ । छिटै हेर्न पाएन। केहि समय पछि हेरे। फेरि उहीँ नामबाट म्यासेज आको रहेछ। के हो के नि? बोल्न पनि पैसा लग्छ झै नबोल्ने। के भाको हो?´
यस्तो भनाइ अहिलेका केटाहरूले केटिलाई भन्ने गर्दछन तर त्यो बेला उसले मलाई भन्दै थिइ। कति बेला त लाग्थ्यो कि सोझो हुदा पनि हेप्दा रहेछन् । यश पटक भने मैले आफ्ना औलाहरुलाई मोबाइलको किबोर्डमा तितरबितर पार्दै ढिलो गरि टाइप गरेर जबाफ दिए।
होइन पैसा किन लाग्थ्यो र बोलेको पनि। लाग्दैन निर्धक्क बोल्नुस केही हुँदैन ´ सोझोपन देखाउदौ उत्तर दिए। उसको जवाफ तुरुन्तै आयो । जस्तो कि कतिखेर म्यासेज आउला र रिप्लाई देउला भनेर पर्खाइमा बसेजसरी नै। फ्रेन्ड रिकोइष्ट किन एसेप्ट नगरेक्क नि´ प्रश्नवाचक चिन्ह लगाउदै प्रश्न तेर्सियो। म अचम्म परे , केहो यस्तो फ्रेन्ड रिकोइस्ट एसेप्ट नगरेको पनि गाली खानुपर्ने । कस्तो जमाना आयो।🤔🤔
म पुर्ण बिराम चिन्हमा नै उत्तर दिन थाले। होइन हजुर मैले थाहा नै पाएन त्यसले हो।नरिसाउनु न है अब एसेप्ट गर्छु नि ल´ यसैगरी उत्तर पनि दिए । फ्रेन्ड रिकोइस्ट पनि एसेप्ट गरे। उताबाट फेरि जिस्काएको जसरी म्यासेज आयो। होर ! कि श्रीमती रिसाउछ भनेर हो नि ।? एसेप्ट नगरेको र नबोलेको?´
यसै क्रममा फेरि म्यसेन्जरको घण्टी टिङ टिङ गर्दै पुन!बज्यो। साथिको म्यासेज आको रहेछ । तर साथिको म्यासेको कुनै वास्ता नै नगरी लगातार उसको म्यासेजको जवाफ दिदै गए। हजुर मेरो बिहे नै भएको छैन । बिहे नै नभएको मान्छेको कहाँ श्रीमती हुनु हजुर। त्यसै पनि सानो उमेर। भर्खरै त पढ्दै छु।´ यसैगरी नै निन्याउरो हुँदै जवाफ दिए ।
आजकाल त सनैमा श्रीमती हुन्छन् रे त´ उसको बोल्ने सैलि उस्तै थियो। उनिसङ्ग कुरा गर्दागर्दै अरु साथीहरूलाई म्यासेको रिप्लाई दिन नै भुल्थे। अनि साथीहरू भन्ने गर्थे ।को सङ्ग बिजि हो यस्तो´
फेरि म्यासेजको घण्टी बज्यो। जीवन मगर सेन्ट म्यासेज भनेर देखायो।
किन हो रिप्लाई नदिएको ह? कि कतै केटिसङ्ग बिजि हो र?´ प्रश्नवाचक चिन्ह लगाएर प्रश्न गर्‍यो। सबै कुरा सवैलाई भन्न उचित हुदैन जस्तो लागेर मैले कुरा ढाकेर पानी माथिको ओभाको भन्दै भने होइन होइन! अनलाइन आएर छोडेको थिएँ अनि घरको काममा व्यस्त थिएँ अनि बोल्न पाएन ´
साथीहरूलाई यसैगरी ढाक छोप गर्दै जवाफ दिन्थे। बिस्तारै यसैगरी हाम्रो कुरा हुँदै गयो। वास्तविक नाम ठेगाना सहित परिचय भयो। चिनारी भएसङ्गै कुरा हुन थाले।
-विक्रम वली

क्रमश:

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार