२०८० असोज ८ गते सोमवार

राष्ट्रिय स्वतन्त्र पार्टी दंगिशरण गाउँपालिकाको सभापतिमा प्रकाश चौधरी चयन



दाङ्ग दंगिशरण
८असोज / राष्ट्रिय स्वतन्त्र पार्टी दंगिशरण गाउँपालिकाको सभापतिमा प्रकाश चौधरी चयन हुनुभएको छ ।
जिल्ला सभापति ओपेन्द्र दाहालको अध्यक्षता तथा राष्ट्रिय स्वतन्त्र पार्टीको दाङ्ग क्षेत्र नं 3 बाट प्रतिनिधि सभा सदस्यका दावेदार कमल सुवेदी , समानुपातिक उम्मेद्बार तृप्तिशिखा चौधरी र जिल्ला सचीव किष्न वलि एवं समाज सेबि रुपशिखा चौधरी को बिशिस्ट आतिथ्यतामा भएको भेलाले चौधरीको नेतृत्वमा ७ सदस्य पालिका स्तरीय तदर्थ कार्यसमिति चयन गरेको छ ।जसमा उपसभापति रुपशिखा चौधरी ,सचिब उमेश के.सि सदस्यहरु जनक रावत,हरि बि.क,नहुस लामिछाने,सीता चन्द रहनु भएको छ । सो कार्यक्रममा स्थानीय सहभागीको तर्फबाट सुबास बि.क र रुपशिखा चौधरीले मेरो परिकल्पनाको देश भन्ने बिषयमा आ-आफ्ना महत्वोपुर्ण कुराहरु राख्नु भएको थियो भने, कार्यक्रमको सहजीकरण भक्त बहादुर डांगीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार