
तुलसीपुर, ३
। दाङको सातबासमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ सातबास निबासी ५९ बर्षकी सौरी वली रहेको भदैनी नाता पर्ने घना डाँगीले जानकारी दिनुभयो ।
घरको कोठामा बसीरहेका बेला सौरीलाई दिउँसो पौने २ बजे चट्याङ लागेको थियो । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार