२०८० जेष्ठ २७ गते शनिवार

तुलसीपुरमा बसले ठक्कर दिंदा एक जना गम्भीर घाइते



१० भदौ,तुलसीपुर/ तुलसीपुरमा बसले ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका सवा ६ बजे रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नं. को यात्रु बहाक बसले सोही बसबाट झरेका सल्यान बागचौर नगरपालिका वडा नं। ५ का ८४ वर्षीय भिम बहादुर भण्डारीलाई तुलसीपुरको बीरेन्द्र चोकमा ठक्कर दिएको थियो ।बसको ठक्करबाट भण्डारी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । घाईते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार