२०७९ मङ्सिर १७ गते शनिवार

थारु समुदायको अट्वारीमा पर्वमा तुलसीपुरमा सार्वजनिक विदा



१० भदौ,दाङ/ दाङको तुलसीपुर उपमहानगरपालिकाले थारु समुदायको अट्वारीमा पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । नगरले शुक्रबार आज एक विज्ञप्ती जारी गरी भदौ १२ गते आइतरबारका दिन अट्वारी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको हो ।

नगरप्रमुख टिकाराम खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा अट्वारी पर्वको अवसरमा सम्पूणर् थारु समुदायमा शुभकामना व्यक्त गर्दै भदौ १२ गते आइतबारका दिन सार्वजनिक विदा दिने उल्लेख छ ।

दाङको घोराही उपमहानगरपालिकाले पनि थारु समुदायको अट्वारीमा एक दिन स्थानीय विदा दिने निणर्य यसअघि गरिसकेको छ । हरेक वर्ष जन्माअष्टमीको दुई आइतबार अर्थात कुशे अैासीको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउँदै आएका छन् । थारु समुदायको अट्वारी यस वर्ष भदौ १२ गते परेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार