२०८१ असोज २८ गते मङ्गलवार

मुटु रोगबाट पिडितलाई युवा विकासकेन्द्रको आर्थिक सहयोग ।



भदौ ९

मुटु रोगबाट पिडितलाई युवा विकासकेन्द्रको आर्थिक सहयोग ।

रुकुम पुर्वको सिस्ने गाउँपालिका अन्तर्गत रहेको युवा विकास केन्द्रले मुटु रोगबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबाराकि कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्रा रेजिना बुढालाई कोट माबी रुमालाबारामा पुगि आर्थिक सहयोग गरिएको हो । बुढा लामो समयदेखि मुटुरोगले ग्रसित भएको रेजिनाका आमा धनकुमारी बुढाले बताउदै लामोसमय देखि बिरामी छोरिको उपचारमा सहयोग गर्ने युवा बिकास केन्द्रलाई धन्यवाद दिनुभएको छ । युवा विकास केन्द्रको पहलमा विभिन्न व्यक्तीहरु र सस्थाहरुले आर्थिक सहयोग गरेको युवा बिकास केन्द्रले जनाएको छ । गत आसार ५/६ गते युवा विकास केन्द्रको संयोजनमा जिल्ला अस्पताल रुकुम पुर्व र रुक्मणि माबिमा संचालन भएको बाथ तथा मुटु रोग सिविरमा उक्त बिरामिको पहिचान भएको थियो ।

घरको आर्थिक अवस्था कमजोर भएकोले सिबिरमा पहिचान भएका बिरामिलाई निशुल्क उपचारको व्यवस्था गरिएको युवा बिकास केन्द्र सदस्य तथा समाजसेवी युवा बिकास बुढाथोकीले जानकारी दिनुभएको छ । बुढाथोकीका अनुसार बिरामीलाई काठमाडौ हस्पिटल सम्म पुग्ने भाडाको लागी नगद सहयोग गरिएको र उपचार निशुल्क रुपमा हुने बताउनुभयो । बिरामिलाई बिपतका लागी राहत कोषबाट तिनहजार, बिकास बुढाथोकीले एकहजार पाचसय, केबेन्द्र गौतम एक हजार, श्रीकुमार बुढाथोकी एकहजार , गोपाल पुन एकहजार ,प्रकाश नेपालीले पाचसय सहयोग गर्नुभएको छ । त्यस्तै शिक्षक देब बहादुर बुढाथोकी पाचसय,सरद चन्द समाल पाचसय,र कोट माबी रुमालबाराले सस्थागत रुपमा पाचहजार गरि जम्मा १४ हजार रुपैयाँ बिरामिको आमालाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार