२०८१ बैशाख ९ गते आइतवार

सहक्षेत्रमा संकटासन्न तथा क्षमता विश्लेषण कार्यशाला त्रिवेणीको जुगारमा सुरु



भदाै ८ युके.एडको आर्थिक सहयोग प्रयाक्टिकल एक्सन र डिकोस रोल्पाको साझेदारीमा संञ्चालित समुन्नति परियोजना अन्तर्गत सहक्षेत्रमा आधारित सङ्कटासन्नता तथा क्षमता विश्लेषण कार्यशाला कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरको अध्यक्षतामा त्रिवेणी गाउँपालिका ५ नम्बर वडा कार्यालयको सभाहल जुगार रोल्पाका सुरु भएको छ । त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिकाका अगुवा कृषक , पालिकाका कृषि शाखा र पशु शाखा प्राविधिकहरुको उपस्थिति रहेको छ ।
२ दिन सम्म चल्ने छलफल तालिममा तरकारी खेती , बाख्रा पालन र डेरी सहक्षेत्रको समस्या पहिचान ,विभिन्न प्रकोपहरुले गरेको क्षेतिहरुको बारेमा जानकारी सङ्कलन र यी तीन क्षेत्रमा रहेको बिपद् जोखिम न्युनिकरण सम्बन्धि योजना निर्माण गर्ने सम्बन्धि विषयमा छलफल हुने तालिमका प्रशिक्षक सोटेक कन्सनटेल्सीका विपद् जोखिम न्युनिकरण विज्ञ बुद्धि कुमालले बताउनुभयो ।

अहिले परियोजना कार्यक्रम दाङ जिल्लाको दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका रहेका छन। रोल्पा जिल्लाको रुन्टिगढी,त्रिवेणी,परिवर्तन र थबाङ गाउँपालिका रहेका छन् । रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन भैरहेको प्राक्टिकल एक्सनका परियोजना अधिकृत दिपेन्द्र भुजेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार