२०८१ माघ २४ गते शुक्रवार

तुलसीपुरमा पत्रकारिता तथा उद्घोषण तालिम समापन



७ भदौ,तुलसीपुर/ तुलसीपुरमा सञ्चालन भएको चारदिने निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ । रेडियो प्रकृति एफएम र ग्रिन फाउण्डेसन नेपालको संयुक्त आयोजनामा भदौ ४ गतेदेखी सञ्चालन भएको निःशुल्क पत्रकारिता तालिमको एक कार्यमक्रका बिच आज समापन गरिएको हो । ग्रिन फाउण्डेसन नेपाल दाङका सचिव सुरेश रावतको अध्यक्षता एबम् रेडियो प्रकृति एफएमका अध्यक्ष खगेन्द्र प्रसाद पोखे्रलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखे्रलले पत्रकारीतामा स्वच्छ, निष्पक्षता र पारदर्शिता हुनुपर्ने, सत्य तथ्य समाचार सम्प्रेषण गनुपर्ने लगाएतका बिषयमा प्रकास पार्नुभएको थियो । यस्तै कार्यक्रममा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गाँउसमाजमा भएका बिभिन्न किसिमका बिकृति बिसंगतीहरुलाई फरक ढंगबाट उत्थान गरेर आम नागरीक बिच कसरी सुचना प्रबाह गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षार्थीहरुलाई जानकारी दिनुभएको थियो ।

यस्तै सहभागीकाे तर्फबाट देबराज बि.क, प्रमिला कठायत, टेक बहादुर पुन लगाएतले चारदिने पत्रकारीतामा सिकेको सिपलाई व्यबहारिकतामा लागु गनुपर्नेमा जोड दिएका थिए । चार दिने प्रशिक्षण तालिममा समाचारका प्रकार, समाचार, संचार , आम संचार, इलेक्टोनिक मिडिया, सोसल मिडिया, उद्घोषण, रेडियो कार्यक्रम, स्टेज कार्यक्रम, र, स्रोत, फिचर लेखन, भाषण कला लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो ।

तालिममको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ नेपाल दाङका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य संगित बस्याल, पत्रकारहरु जेएन सागर, इन्द्रविवस डिसी, ओपेन्द्र बस्नेत रहनु भएको थियो । कार्यक्रमको संञ्चालन रेडियो प्रकृति एफएमकी बिज्ञापन प्रमुख प्रेम कुमारी बुढा मगरले गनुभएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार