नेकपा एमालेकी नेतृ कोमल वलीले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सांसद पदका लागि लड्ने बताएकी छन्।
मंसिर ४ गते तोकिएको निर्वाचनमा आफू निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्नेबारे अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग कुरा राखिसकेको उनले बताइन्।
‘अध्यक्षज्यू र महासचिवज्यूलाई आफ्नो कुरा राखेकी छु,’।’ भनि
टिकटको सवालमा महासचिव पोखरेलको बढी भूमिका रहने हुँदा आफूले टिकट पाउने पूर्व राष्ट्रियसभा सदस्य समेत रहेकी वलीले विश्वास व्यक्त गरिन्।
‘मैले टिकट पाउँछु पनि र जित्छु पनि,’ उनले भनिन्, ‘पार्टीले महिलालाई उत्तिकै सम्मान गर्ने छ भन्ने मलाई विश्वास छ।’
यो निर्वाचन क्षेत्रमा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेको नाम पनि एमालेबाट चर्चामा छ। रेडियो नेपालको जागिर छाडेर ०७३ सालदेखि राजनीतिमा सक्रिय भएकी ओली राष्ट्रियसभा सदस्य पनि थिइन् ।
तत्कालीन नेकपाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी उनी पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छिन् ।
दाङ स्थायी घर भएकी उनी गत निर्वाचनदेखि एमालेमा सक्रिय भएर लागेकी हुन् । ओली लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् ।
त्यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीले पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न बताएकाे छ ।