२०८१ बैशाख ७ गते शुक्रवार

बर्दियामा ३ बर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ



२३ साउन, दाङ / बर्दियामा ३ वर्षीय बालक हत्याको आरोपमा उनकै बाबु पक्राउ परेका छन् ।

प्रहरीले बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका-५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बोहरा साउन १६ गते घरबाट ३ बर्षीय छोरालाई सँगै लिएर फरार भएका थिए । आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

बोहरा पक्राउ परेपछि नाबालकको शव पनि फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए । सोधपुछ गर्ने क्रममा बोहराले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरी नायव निरीक्षक सुवेदीले बताए ।

अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार