२०८२ बैशाख ५ गते शनिवार

दाङमा करेन्ट लागेर गोरखाका व्यक्तिको मृत्यु



तुलसीपुर ,२३ साउन/ दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला आरुघाट घर भइ हाल दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्ण बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिकलाई आइतबार दिउँसो साढे ४ बजे दंगीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा ईलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बिकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार