२०८१ चैत्र १ गते आइतवार

दाङको टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो



२३ साउन,दाङ/ दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ ।यसअघि दैनिक हवाई सेवा थियो । असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेकोसमेत उहाँको भनाइ छ ।अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उहाँले बताउनुभयो । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा आठ हजार आठ सय १० छन्, भने अधिकतम १२ हजार छ सय ६५ रहेको छ ।काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा दुई सय बढी लाग्ने गर्छ ।अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ । अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ ।।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार