२०८१ माघ २४ गते शुक्रवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



२२ साउन,दाङ / दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ श्रीगाउँमा करेन्ट लागेर गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय कृष्णबहादुर बिकको करेन्ट लागेर मृत्यु भएको हो ।विकलाई बागरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्नेक्रममा आइतबार दिउँसो करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।करेन्ट लागेर गम्भिर घाइते विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बेलुका ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार