२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा मौरीको टोकाइबाट एक जनाको मृत्यु



२२ साउन,तुलसीपुर /दाङमा मौरीको टोकाइबाट एक जनाको मृत्यु भएको छ। शनिबार अपरान्ह ५ बजेतिर साथीहरुसँग घर नजिकैको जंगलमा वन मौरीको चाका काट्न गएको बेला टोक्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृत्यु हुनेमा राजपुर गाउँपालिका-७ लैबरुवा निवासी ३५ वर्षीय खिमबहादुर कुमाल रहेका छन् । सिमलको रुखमा मौरी काट्न चढेको समयमा मौरीले टोक्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार