२०८० चैत्र १६ गते शुक्रवार

जडिबुटी दिवसमा रक्तदान कार्यक्रम




२० साउन, दाङ / दाङको नारायणपुरमा पतञ्जलि योग समितिको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाको सहआयोजनामा जडिबुटी दिवसको अवसरमा रक्तदान गरिएको छ ।

रक्तदानअघि आयोजित उद्घाटन कार्यक्रममा नेपालमा पाइने विभिन्न प्रजातिका जडिबुटीका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा भावना खड्का, रेशम बस्नेत, सन्तोष न्यौपाने, निर्मला डाँगी, शरद केसी, सीता पाण्डे, नीमा गिरी, सुशीला विक, टीका अधिकारी, राकेशचन्द्र बरुन, मृत्युञ्जयकुमार त्रिपाठी, कोमल बस्नेत, धरमबहादुर बस्नेत, उदय डाँगी, दानबहादुर बुढाथोकी, अनिल बिक, लक्ष्मी बिक, निकेश खनाल, राजु भट्टराई, झग्गु चौधरी, अमर केसी, अशोक शर्मा, शशिधर सिजवाल, नरेश श्रेष्ठ, विष्णुप्रसाद न्यौपाने, नारायण दाहाल, ऋचा पाण्डे, बसन्त बस्नेत, खुमबहादुर पुन, सीता सेन, विष्णु केसी, तारस घिमिरे, पूजा ओली र केतनारायण आचार्यले रक्तदान गर्नुभएको थियोे । रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र घोराहीले गरेको थियोे ।

पतञ्जलि योग समिति नारायणपुरका अध्यक्ष दानबहादुर बुढाथोकीको अध्यक्षता तथा योग समितिका जिल्ला अध्यक्ष उदयबहादुर डाँगीको प्रमुख आतिथ्यता र योग समितिका केतनारायण आचार्य र मावि नारायणपुरका प्रअ उत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार