२०८१ माघ २४ गते शुक्रवार

शनिबार दुधरासमा रक्तदान कार्यक्रम हुने _राप्ती सञ्चार




असार २३-

कपिल लामिछाने
सुसेली युवा क्लव दुधरास र जनदेउराली युवा क्लव संक्रामको संयुक्त आयोजनामा शनिबार दुधरासमा रक्तदान कार्यक्रम हुने भएको छ ।
दाङमा देखिएको रगतको समस्यालाई मध्यनजर गर्दै यी दुई क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन थालेको हो । रक्तदान कार्यक्रम जुरपनिया मैनतारा खानेपानी तथा सरसफाइ समितिको प्राङ्गण दुधरासमा २५ गते शनिबार बिहान ८ बजेबाट सुरु हुने सुसेली युवा क्लवका अध्यक्ष रोहन पुनले जानकारी दिएका छन् ।
रेडक्रस दाङको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन हुने र जम्मा भएको सम्पुर्ण रगत ब्लड बैङ्क दाङमा जम्मा गरिदिने जनदेउराली युवा क्लवका अध्यक्ष बिभिषण रोकाले जानकारी दिए । दुबै क्लवका अध्यक्षहरुले उक्त दिन कम्तिमा पनि ५० लिटर रगत जम्मा हुने अनुमान गरेका छन् । साथै उनिहरुले उक्त दिन रगत दान गर्न ईच्छुक सबैलाई रगतदान गरि पुण्य कमाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार