२०८१ असार ३० गते आइतवार

रायपनी सामुदायिक बनको साधारणसभा सम्पन्न, अध्यक्षमा नबराज खड्का चयन



तुल्सिपुर
असार ४
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ खमारी स्थित रायपानि सामुदायिक उपभोक्ता समितिको साधारण सभा आज सम्पन्न भएको छ।
उपभोक्त समितिकी उपाध्यक्ष रामकलि थापा काे अध्यक्षता तथा सब बनडिभिजन कार्यालय का रेन्जर सर्जन वलि कुलबहादुर रेउले काे प्रमुख आतिथ्यतामा भएकाे बिशेष साधारणसभाले नबराज खडकाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत गठन गरिएकाेछ ।
जसको उपाध्यक्षमा ओम बाहादुर घर्ती ,सचिब मक्षि राेका , कोषाध्यक्ष ढालबाहादुर घर्ती सदस्यहरुमा कलपना खडका सदस्य ,हिमाल राेका र भिमाकुमारी घर्ती रहनु भएको समाजसेवी कलिभान राेकाले जानकारी दिनु भयाे ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार