२०८० फाल्गुन ९ गते बुधवार

सात न वार्ड लाई बिकासको नमुना वार्ड बनाउछु : रामबहादुर जि. सी.( गठबन्धनको तर्फ बाट अध्यक्ष का उम्मेदवार)




बैशाख २५
डिल्लीराज भुसाल

चाहे घरमा कोहि बिरामी हुदा होस ,चाहे कसैको छरछिमेकिमा बिवाद हुदा होस वा कतै कुलो आठो को बिवाद होस जहाँ समस्या हुन्छ त्यहाँ खबर पाउने बित्तिकै उपस्थिति हुने अझ भन्नू पर्दा कोरोना महामरिको को बेला रातबिरात नभनी जनताको सेवामा मानबिय एम्बुलेन्स को काम गर्ने एक पात्र हुन तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ मा गठबन्धनको तर्फ बाट अध्यक्षको उम्मेदवार बन्नु भएका राम बहादुर जि.सी.।

अघिल्लो स्थानीय तहको निर्बाचन मा वार्ड सदस्य को रुप मा निर्बाचित भइ जनताको सेवामा हरदम तत्पर र खटिएका कारण समग्र पार्टी र गठबन्धनको तर्फ बाट अध्यक्षको साझा उम्मेदवार बन्नु भएको रामबहादुर जि.सी.ले हिजो वार्ड सदस्यको रुपमा रहदा कुनै पनि ब्यक्ति लाई ह्यय र पराई को भावना नराखी सदैब मानबिय सेवामा खटेका कारण आफू ले आसन्न निर्बाचन मा बहुमत मत का साथ बिजय हुने बताउनु भयो।

हिजो म वार्ड सदस्य को रुपमा जनताको सेवा गर्दैगर्दा मैले सिमान्तकृत ,कृषक,पिछडिएको क्षेत्र, दलित ,महिला ,आदिवासी ,जनजाती,अपाङ,आर्थिक रुपमा बिपन्न बर्ग का जनताको हितमा कार्यगरेको हुदा मलाई जनताको अपार माया र साथ रहेको र त्यसको अभास घरदैलो कार्यक्रममा निरन्तर जनताको साथ र सहयोग ले पुष्ठि गरेको उहा बताउनु हुन्छ।


म वार्ड सदस्य निर्बाचित भइसकेपछी जनप्रतिनिधिको रुपमा प्राप्त भत्ता सम्पुर्ण सामाजिक कार्यमा खर्च गरेको उहाँ बताउनु हुन्छ। मैले वार्ड बाट हुने बिकासको कार्यमा सबै क्षेत्रहरूलाई समान रुपमा हेरेको र त्यसैको फलस्वरूप मैले जनताको माया र साथ पाएको उहाँ बताउनु हुन्छ।


म बिकास प्रेमी हु मैले मेरै ब्यक्तिगत खर्च बाट सात न वार्डमा धेरै बिकास का कार्य गरेको उहाँ बताउनु हुन्छ।
रामजानकी टोल मा रहेको बाटो मा ग्राबेल होस वा नयाँ बस्ती मा बर्ष देखि रोकिएको बाटो को ट्र्याक निर्माण होस वा घुसरी मा कल्भर्ट निर्माण होस वा तुल्सिपुर सात न मा अठार वटा सिचाइ का आयोजनाहरु यी सबै उहाँकै ब्यक्तिगत लागनी मा भएका बिकास का कार्य हुन।
म कार्यकारी स्थान मा नहुदै त यति धेरै बिकासका गतिविधि मा सक्रिय रुपमा लागेर बिकास मा छलाङ मार्न सक्छु भने अब म वार्ड्को कार्यकारी पद अध्यक्ष मा निर्बाचित भएको खण्डमा सात न वार्ड मा बिकास को मुहान र पाँच बर्ष भित्र वार्ड मा बिकासले नयाँ रुप लिने बताउनु हुन्छ।


सात न वार्ड तुल्सिपुर नगर को नजिकै रहेता पनि बिकास मा पछि परेको हुदा निर्बाचित भए पछि सर्बप्रथम भौतिक पुर्बाधारको बिकास मा ध्यान दिने उहाँ बताउनु हुन्छ।


यो वार्ड मा कृषी योग्यजमिन प्रयाप्त भएको र सिचाइ नपुगेको स्थान मा सिचाइ को ब्यवस्थापन गरि कृषि क्षेत्रको बिकास गर्ने उहाँ बताउनुहुन्छ।
यो वार्ड मा रहेका सम्पूर्ण गरिब बिपन्न बर्ग का बालबालिकालाई विशेष छात्रवृत्ति को ब्यबस्थापन गरि उच्च शिक्षा निसुल्क गराउने उहाँ बताउनु हुन्छ। साथै उमाबी कालाखोलामा प्राविधिक बिषय को अध्ययन गराउने ब्यबस्था गर्ने उहाँ बताउनुहुन्छ।


बृद्धअबस्था मा कोहि पनि बृद्ध आमाबुबा लाई सामाजिक सुरक्षा भत्ता लिन घन्टौ हिडेर बैंक मा पुगि घन्टौ लाइनमा बस्ने बाध्यता लाई हटाउने र वृद्धहरु लाई घरमै लगेर सामाजिक सुरक्षा भत्ता बितरन गर्ने उहाँ बताउनु हुन्छ।साथै वार्डमा रहेका सम्पुर्ण वृद्धहरुलाई पोषणको ब्यबस्थापन गर्ने र वृद्धहरुलाई दिवा सत्सङ क्रियाकलाप समाबेश गराउने उहाँ बताउनु हुन्छ।
चुनाबी अभियानमा सम्लग्न वृद्ध आमाबुबाहरु सङ राप्ती सन्चार अनलाइन ले जिज्ञासा राख्दा बिकास र प्रगति को पर्यायको रुपमा रामबहादुर जिसि रहेको बताउछ्न।त्यस्तै युबा,प्रौढ सबैले आगमी निर्बाचन मा रामबहादुर लाई जिताएमा सात न वार्ड ले बिकास मा छ्लाङ मार्ने बताउछन् ।


फरक प्रसङ्गमा बोल्दै उहाले स्थानीय तहको निर्बाचन मा देश र जनता को उत्थान र बिकास को लागि विभिन्न राजनैतिक दलहरु निर्बाचनमा होमिएको र केन्द्रको गठबन्धनको सरकार र त्यसको परिपत्र ले स्थानीय तहको निर्बाचनमा गठबन्धन को साझा उम्मेदवारहरु चुनाबी प्रचारमा लागिरहेको अबस्थामा वार्ड न ७ मा भने अलि पृथक दृश्य देखिएता पनि एक दुई जना ब्यक्तीबादी चिन्तन भएका ब्यक्ति को कारण पाँच दलिय गठबन्धन लाई कुनै असर नपर्ने र आफुहरु भारी मतान्तर ले बिजय हुने र गठबन्धनको मर्म अनुसार मतदान गर्न सम्पुर्ण वार्डबासी आम मतदातालाई अनुरोध गर्नु भएको छ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार