२०८२ बैशाख ५ गते शनिवार

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बीच रुकुम पश्चिममा झडप



नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बीच रुकुम पश्चिममा झडप भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक विष्णुप्रसाद सोतीले वाइसिएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताउनुभयो ।

झडपमा परेर ८ जना काँग्रेस कार्यकर्ता घाईते भएका छन् । घाईते मध्य २ जनाको स्थानीय मेडिकलमा र ६ जनाकाे जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । घाईते मध्य जिल्ला अस्पतालमा बर्ष ३२ का कृष्ण पुन, बर्ष २८ का बिरबहादुर ओली, बर्ष १६ का दुर्गाबहादुर ओली, बर्ष ४२ का बिरबबहादुर ओली, २५ बर्षका बिरबहादुर ओली र ३० बर्षका चन्द्रबहादुर खड्काको जिल्ला अस्पतालमा उपचार भैरहेको हो ।

झडपको क्रममा नुवाकोट स्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका काँग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको बताईएको छ ।

कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी समेत तोडफोड बताईएकाे छ। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

माओवादी कार्यकर्ताहरुले नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा १ च १२६२ नम्बरको जिपमा समेत आक्रमण गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार