२०८१ बैशाख ७ गते शुक्रवार

मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर भारतमा १० जनाको मृत्यु




बैशाख १४
भारतको तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। रथयात्राको क्रममा हाईभोल्टेज तारमा ठोक्किएर १० जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ।
तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले दुर्घटनामा अन्य १५ जना घाइते भएका बताए। ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको हो,’ उनले भने ।

कतिपय रिपोर्टमा मृत्यु हुनेको संख्या ११ रहेको पनि बताइएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा धेरै श्रद्धालुहरु गम्भीर घाइते भएका छन् । जसलाई तुरुन्तै नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार