
चैत्र ०६
दक्षिणी बेल्जियममा एउटा कार भीडमा जोतिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । यो घटना राजधानी ब्रसेल्सबाट करिब पचास किलोमिटर टाढा एउटा इलाकामा भएको हो ।करिब ६० जना आइतबारको एक कार्निवालमा समावेश हुने तयारी गरिरहेका बेला उनीहरुमाथि तीब्र गतिको कार चढ्यो ।
प्रहरीका अनुसार कारका ड्राइभर र अन्य सवारलाई हिरासतमा राखिएको छ । बेल्जियम मिडियाले यो दुर्घटना प्रहरीको कारको पिछा गर्ने क्रममा भएको बताएका थिए । यसलाई प्रहरीले खण्डन गरेको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार