२०८१ बैशाख ८ गते शनिवार

हजुर को भोट अमुल्य छ?




फाल्गुन २४
भनिन्छ राजनीति माउ नीति हो ,जसले हरेक कानुन को निर्माण गर्छ।अहिले नेपाल को राजनीति ब्यक्तिगत स्वार्थ र शक्ति मा चलिरहेको छ जहाँ ईमानदार,गरिव कार्यकता ,नेता ले ठाउँ पाउदैनन् ।कुनै पार्टी गलत हुदैनन् । गलत हुन्छन् नेतृत्व गर्ने नेता । सबै पार्टी ले देश विकास गर्नु पर्छ भन्ने धारना राख्छन् तर काम भने जस्तो हुदैन किन कि तपाई ,हामी, आम ,म सबै ले भोट दिदा ब्यक्ति भन्दा पार्टी मा केन्द्रीत हुन्छौं अनि कसरी असल नेता को जन्म हुन्छ ।
पहिलेे जस्तो चिउरा ,मिठाइ ,रोटि पानी खाएर राजनीति गर्ने समय अन्तय भईसकेको छ।त्यसैले राजनीति मा लाग्न पहिले पैसा कमाउनुहोस महोदय। अहिले प्राय नेताहरु ब्यक्तिगत स्वार्थ र पैसा को आडमा राजनीति मा अबल हुन्छन् जहाँ ईमानदार नेता ,गरिव नेता ,को महत्त्व नै छैन सबै नेता गलत हुन्छन् भन्ने चाहिँ होइन ।
अब कुरा गरौ नजिकिदै गरेकोे स्थानीय चुनाब को अहिले स्थान चुनाव को माहोल ताति सकेको छ।कुनै पार्टीको स्थानीय तह भनेको पार्टीको पहिलो जग हो ।नेता हरु दौडधुप चलिसकेको छ।भन्छन् नेता हरु चुनाब जित्नु भन्दा टिकट को लागि परेका छन्।हाम्रो अनुरोध कुनै पनि पार्टी ले टिकट दिदाँ राम्रो ईमानदार ब्यक्ती लाई दिनु पर्छ।टिकट र जित्ने आशमा लाखौं पैसा खर्च गरेकोमा नेताहरु ब्यक्तिगत स्वार्थ पूरा गर्न विकास काम नहुन सक्छ।त्यसैले जनता भनेका अदालत हुन जसको भोट को निर्णय ले कुन नेता लाई जिताउने भन्ने हातमा हुन्छ ।त्यसैले आफ्नो अमुल्य भोट दिदा सोचेर राम्रो ब्यक्ति लाई दिअौ त्यो तपाईंको हातमा छ पैसा मा अमुल्य भोटलाई बिक्री नगरौं जसले तपाई हामीलाई सबैलाई पीडा दिन्छ ।नजिकै गरेको स्थानीय चुनाव मा बैशाख ३० गते सोचेर राम्रो असल नेता लाईभोट हाल्नु होला ।नत्र फेरि नेताले विकास गरेनन् भनेर पछुताउनु को विकल्प हुदैन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार