२०८१ माघ २४ गते शुक्रवार

कोभिड खोपको विरोधमा दोस्रो दिन राजधानी क्यानडा ओटावा ठप्प




माघ १७
अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ।

राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्।

उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।
ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई “अपवित्र” पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको छ।

त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको “धम्की” र गरिएको “धम्कीपूर्ण व्यवहार”को पनि अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार