
पुस २०
राष्ट्रियसभाको बैठक पुस २५ गते बस्ने भएको छ । मङ्गलबार एक सूचना जारी गर्दै सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले पुस २५ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएका छन् ।

यसअघि पुस ५ गते बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने जानकारी गरेको थियो । सोही अनुरुप राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस २५ गते बैठक बस्ने गरी मिति तोकेका हुन् ।
प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार