
पुस १३, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे पन्ध्राैँ अधिवेशनबाट मधुसुदन के.सी, अध्यक्षमा निर्विरोध चयन भएका छन् । आज दाङकाे घाेराहीमा भएकाे अधिवेशनबाट केसी अध्यक्षमा चयन भएकाे निर्वाचन समितिले बताएकाे छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा विजय जि.एम. उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदिम के.सी., काेषाध्यक्षमा पाेषण न्याैपाने, सह सचिवमा डिआर भण्डारी, विकास रजाैरे र सह काेषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यमा विष्णुमणि देवकाेटा, विमल अधिकारी , विजय गाैतम, निमानन्द गैरे, विलाेचन चाैधरी, पुस्करदेव चाैधरी,शर्मिला याेगी, हरि वली,पार्वती भुसाल र कृष्णदेव पाेख्रेल चयन भएका छन् ।
प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार