२०८१ माघ २४ गते शुक्रवार

शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउछौ: शिक्षा मन्त्री पौडेल




पुस ८
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बैठकमा मन्त्री पौडेलले शिक्षासम्बन्धी छिटोभन्दा छिटो संघीय ऐन संसद्‍मा लैजाने तयारी गरिएको बताए।
‘हो-हल्ला गर्ने विधिभन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्‍मा लैजाने तयारीमा छौं। त्यसका लागि समितिका सदस्यहरुले सहयोग गर्नुपर्छ,’ उनले भने।

बैठकमा संघीय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन र उच्चशिक्षा ऐनको बारेमा बोल्दै उनले भने, ‘लामो समयदेखि यी ऐनहरू रोकिएकाले माध्यमिक, प्राविधिक तथा उच्च शिक्षामा असर परिरहेको छ। यी ऐनका मस्यौदा तयारी अन्तिम अवस्थामा पुगिसकेको छ। फास्ट ट्रयाकबाट भएपनि ल्याउँछौं।’

पूर्वशिक्षामन्त्रीहरुले गरेको कामलाई निरन्तरता दिँदै संघीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षहरुसँग छलफल भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार