२०८० असोज ८ गते सोमवार

किन काटियो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बिजुली ?




पुस ८
नेपाल विद्युत् प्राधिकरणले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् लाइन काटेको छ ।

बजेट अभावले निर्माण रोकिएको रङ्गशालाको महसुल बक्यौता नतिरिएको भन्दै विद्युत् लाइन काटिएको हो ।
रङ्गशालाले महसुलवापत्को पौने नौ लाख रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ ।

तर निर्माण सकिन नपाउँदै १७ करोड रुपैयाँ ऋण लागेपछि फाउन्डेसनले निर्माणको कामबाट हात झिकेको छ ।

फाउन्डेसनले यसको स्वामित्व लिन भरतपुर नगरपालिकालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार