२०८१ बैशाख ७ गते शुक्रवार

आज नेपाल र भुटान भिड्दै



पुस २

बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज (शुक्रबार) आफ्नो तेस्रो खेल खेल्दै छ । बङ्गलादेशको राजधानी ढाकामा नेपाली समयानुसार साँझ ६ः४५ बजे नेपालले भुटानको सामना गर्दै छ ।

सहिद सिपाही मुस्तोफा कमल स्टेडियम नेपाल दोस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । नेपालले तीन खेलमा चार अङ्क जोडेको छ ।
नेपाली टिम अञ्जना रानामगरले नेतृत्वमा छ भने मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ छन् । पाँच टोलीले राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यो खेल डिसेम्बर २२ तारिखमा हुनेछ ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार