२०८१ असोज २७ गते सोमवार

आयोग द्वारा विद्यार्थी कुटपिट घटनाको अनुसन्धान



मङ्सिर २०
झापाको बिर्तामोडमा पाँच दिनअघि भएको विद्यार्थी कुटपिटको घटनाको राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले जानकारी लिएको छ । आयोगको टोली सोमबार बिर्तामोड पुगेर घटनाको जानकारी लिएको हो ।

घटनाको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका निमित्त प्रमुख गङ्गाकुमारी दाहाल, बाल हेल्पलाइन मोरङका प्रमुख बासु अधिकारी, हेल्पलाइनका सामाजिक कार्यकर्ता सलिना सापकोटा र राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य प्रजेश खनालको टोली घटनाको बारेमा जानकारी लिएको हो ।
टोलीले पीडित बालक र अभिभावक, विद्यालय, बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष र बिर्तामोड प्रहरीसँग भेटघाट गरेको छ । टोलीले तयार पारेको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदमा बुझाइने टोलीका सदस्य प्रजेश खनालले जानकारी दिए ।

बिर्तामोड –५ स्थित सुनगाभा बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत विद्यार्थी अविरल तिम्सिनालाई शिक्षक विकास पोखरेलले निर्घात कुटपिट गरेर घाइते बनाएका छन् । उनी अहिले पनि स्कुल जान सकिरहेका छैनन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार