२०८१ चैत्र १ गते आइतवार

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली १८०८ मत सहित पुनःनिर्वाचित



१४ मंसिर, चितवन । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्


ओलीले १८०८  मत पाएर अध्यक्ष अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका  निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार