२०७९ मङ्सिर १८ गते आइतवार

प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिईन गायिकाले



अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि जे गरिन् त्यसले बबाल निम्तिएको छ । गायिकाको चौतर्फी आलोचना भइरहेको छ ।
अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिइन् । यसको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।
न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् ।
सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले । त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार