२०८१ माघ ५ गते आइतवार

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे ११ जना घाइते



मंसिर ०२ बिहीबार रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा आज (बिहीवार) बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन। घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेकाे हाे

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार