२०८१ बैशाख ६ गते बिहिवार

कस्ले दियो विराट कोहली र अनुष्का शर्माको परिवारलाई धम्की ?




कार्तिक १८
आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार २ खेलमा लज्जासपद हार ब्यहोरेपछि फ्यानहरुले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनका परिवारलाई धम्की दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार केही ब्यक्तिले कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको १० महिने छोरीलाई बलात्कार गर्नेसमेत धम्की दिएका छन् । सामाजिक सञ्जालहरुमा अभिनेत्री अनुष्काप्रति लक्षित गरेर विभिन्न असभ्य र अमर्यादित टिका–टिप्पणीहरु गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार खेलमा पराजित भएपछि ट्रोल हुनु सामान्य भएतापनि परिवारलाई नै लक्षित गरेर अमर्यादित ब्यवहार गर्नु कानून विपरीत भएको भन्दै कारबाहीको माग पनि गरिएको छ ।

यस विषयमा दिल्ली महिला विभागले पुलिसलाई नोटिश पठाएर तत्काल सम्बन्धित ब्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको बताइएको छ

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार