लक्ष्मण बस्नेत
१६ कार्तिक तुलसीपुर दाङ
दाङको तुलसीपुरमा संचालित सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को उपाधि टरिगाउ युवा क्लब तुलसिपुर १२ ले जितेको छ !
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा अरनिको मैदान तुलसिपुरमा मंगलबार सम्पन्न फाईनल खेलमा सक्सेस फुटबल क्लब तुलसिपुर लाई ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै टरिगाउले उपाधी जितेको हो ।उसले उपाधी संगै नगद १ लाख २५ हजार रुपैया पुरस्कार, कप, मेडल प्रमाणपत्र हात पार्यो ।फाइनलमा सम्मानजक हार ब्यहोरेको सक्सेस उपबिजेतामा सिमित हुँदै नगद ६० हजारमा चित्त बुझाउन बाध्य भयो ।
यसैबिच प्रतियोगिताको समापन समारोह फाउन्डेसनका अध्यक्ष प्रकाश डागी बमको अध्यक्षता तथा शारदा नगरपालिका सल्यानका नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ र तुलसिपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा दाङको फुटबल खेलको बिकासमा अतुलनीय योगदान पुर्याउने स्वर्गीय भानु बिक्रम राणाको स्मरण गर्दै मर्नोपरान्त र दाङको फुटबल खेलमा जिल्ला तथा प्रदेश स्तरका खेलाडी उत्पादन गर्दै फुटबल खेलको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउने तुलसिपुर ५ निवासी सुधिर गुरुङ लाई सम्मान गरिएको थियो ।
त्यस्तै बिजेता, उपबिजेता तथा उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी युएनबिसी घोराहिका एन्जस रोका, बेस्ट कोच युएन बिसिकै सन्दिप ओलि, बेस्ट किप्पर टरिगाउ युवा क्लबका संकर रेउले, टप स्कोरर सक्सेसका आशिष जिसि, बेस्ट डिफेन्स युएनबिसिका सबिन ओलि,बेस्ट मिड फिल्डर टरिगाउ युवा क्लबका माधव भण्डारी र मार्चपास तर्फ जिवनप्रेमी एजुकेयर तुलसिपुर ९ बेलुवा जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत गर्नु भएको थियो ।
एक साता चलेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थोयो ।








