२०८१ बैशाख ७ गते शुक्रवार

पार्टी अफ्टेरो पर्दा म चाहिने, अहिले माधव चाहियो : सापकोटा (भिडियो)




तुलसीपुर, १० कात्तिक ।
नेकपा एमाले तुलसीपुरका निवर्तनमान अध्यक्ष केशव सापकोटाले पार्टीलाई आफ्टेरो पर्दा सहयोग गरेको भएपछि अहिले पुनः अध्यक्षकालागि फाराम पनि भर्न नदिएको गुनासो गरेका छन् । एमालेको मंगलबार तुलसीपुरमा भएको भेलामै उनले आपत्ति जनाएका छन् ।‘ बास्तबमै नेतृत्व बर्गले म प्रति घोर अन्याय गरेको छ ।हिजो एमाले अफ्टयारो पर्दा केशव चहियो आज माधव चाहियो ।

मेरो लागि दरखास्त हाल्न दिएको छैन’, उनले भने‘ मैले एमालेको विरोध गर्न चाहेको छैन । नेतृत्वले फारम मभर्न दिएन भनेर पत्रकार सम्मेलन गर्छु । नेतृत्वले अन्याय गरेको भनेर पत्रकार सम्मेलन गर्छु ।’
तुलसीपुरका मेयर घनश्याम पाण्डेले आफूलाई फाराम भर्न नदिएको उनको आरोप छ । पार्टीले माधव ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

https://www.facebook.com/111122174083949/posts/371096801419817/

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार