
घोराही तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज साझ घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । गाडीमा सवार २१ जना घाईते भएका छन भने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।घाईतेलाई उपचारको लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार