२०८० मङ्सिर २४ गते आइतवार

रातोसूचीबाट हटायो नेपाललाई युकेले



असोज २२।
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई उक्त सूचीबाट हटाएको छ ।
अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ ।
यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् । रातोसूचीबाट हटाए पनि यो लागू भने आगामी सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार