२०८१ माघ २७ गते सोमवार

तुल्सिपुरमा दुई युवकमाथि रड र धारीलो हतियार प्रहार



असोज २०।
दाङमा गएराति दुई युवक माथि रड र धारीलो हतियार प्रहार भएको छ । तुलसीपुरको राप्ती बबई क्याम्पस पछाडी रहेको वईलकम हाटेलमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी दिपेन्द्र वली र तुलसीपुर –१६ निबासी विष्णु डाँगीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट गम्भिर घाइते भएका दिपेन्द्रको राप्ती लाइफ कियर हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर फिर गरिएको छ भने विष्णुलाई सामान्य चोट लागेको छ ।

घटनामा संलग्न रहेका तुलसीपुर–६ गाईडर निबासी वुद्ध केसी, बादल केसी, नितेश केसी फरार रहेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख रन्जन स्वाँरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार