२०८२ बैशाख ४ गते शुक्रवार

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान



यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्युकुरो मानावे, क्लाउस हेसलम्यान र जर्जियो पारिसीलाई प्रदान गरिएको हो।

जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।

जटिल भौतिक प्रणालीप्रतिको बुझाइमा ठूलो योगदान दिएकाले उनीहरुलाई पुरस्कृत गरिएको जनाइएको छ।

मानावे र हेसलम्यानलाई ‘पृथ्वीको जलवायुको प्रतिरुप निर्माण, परिवर्तनशीलताको परिमाण निर्धारण र विश्वसनीय ढंगले विश्वव्यापी तापक्रम वृद्धिको भविष्यवाणी’ लागि पुरस्कृत गरिएको हो ।

त्यस्तै, पारिसीलाई ‘परमाणुदेखि ग्रहसम्मका भौतिक प्रणालीमा हुने अव्यवस्था र उतारचढावको परस्पर क्रियाको खोजका लागि’ पुरस्कार प्रदान गरिएको हो।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार