२०८० जेष्ठ २७ गते शनिवार

ज्येष्ठ नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिम दिने



असोज १५।


अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ ।

आज असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा रु १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।
संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ ।

टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध हुनेछ । सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार